एएफसी महिला च्याम्पियन्स लिगः एपीएफले अल नासरसँग खेल्दै, दुवै टोली पहिलो जितको खोजीमा

Thankot Times

थानकोट ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणअन्तर्गत समूह बी को आफ्नो अन्तिम खेलमा एपीएफ क्लबले आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ ।

लगातार दुई खेलमा पराजित भएको एपीएफ अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना सकिइसकेको छ । यस खेलमा एपीएफ सान्त्वना जितको खोजीमा हुनेछ ।

एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा थाइ क्लब कलेज अफ एसियन स्कोलार्ससँग ५-० ले पराजित भएको थियो ।

अल नासर पनि पहिलो खेलमा थाइ क्लबसँग २-० ले तथा दोस्रो खेलमा नासाफसँग पराजित भएको थियो । अल नासर पनि सान्त्वना जितको खोजीमा हुनेछ ।

प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *