मैत्रीपूर्ण फुटबलः नेपाल र बंगलादेशबीचको खेल गोलरहित बराबरीमा टुंगियो
थानकोट ।
नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
दशरथ रंगशालामा शनिबार साँझ सम्पन्न खेलमा दुवै टोलीबाट कुनै गोल निस्कन सकेन ।
खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही सुन्दर अवसर प्राप्त गरेका थिए ।
तर दुवै टोली फिनिसिङमा कमजोर देखिए ।
अब दुई टोलीबीच मंगलबार दोस्रो मैत्रीपूर्ण खेल हुनेछ ।
उक्त खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।














