चन्द्रागिरिसहित काठमाडौं उपत्यकाका निजी विद्यालयमा आज (मंगलबार) पठन पाठन बन्द
थानकोट ।
काठमाडौं उपत्यकाका निजी विद्यालय आज मंगलबार एकदिनका लागि बन्द रहने भएका छन्।
हिजो सोमबार भएको जेन जीको प्रदर्शनीपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै विद्यालय सञ्चालकहरूले विद्यालय नखोल्ने निर्णय गरेका हुन्।
साना तथा ठूला दुवै विद्यालयहरूले अभिभावकहरूलाई मंगलबार विद्यालय सञ्चालन नहुने जानकारी गराइसकेका छन्।
चन्द्रागिरि नगर प्याब्सन अध्यक्ष सरोज महर्जनले सो संघ मातहत नगरका सबै विद्यालय मंगलबार बन्द रहने जानकारी दिए ।
















