साफ यू-१७ च्याम्पियनसिप : उद्घाटन खेलमा आज साँझ श्रीलंकासँग खेल्दै नेपाल

Thankot Times

थानकोट ।

 नेपालले आजदेखि श्रीलंकामा सुरु हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दै छ । 

सोमबार नेपालले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्न लागेको हो ।

खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा हुनेछन् । 

खेल श्रीलंकाको रेसकोर्स रंगशालामा नेपाली समयअनुसार ७ः१५ बजे हुनेछ ।

प्रतियोगितामा दुवै टोली समूह ‘ए’मा छन् ।

यो समूहमा नेपाल र श्रीलंकासँगै बंलादेश पनि छ ।

अर्काे समूह ‘बी’मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

प्रतियोगिता आगामी असोज ११ गते (सेप्टेम्बर २७) सम्म हुनेछ ।

प्रतियोगिताको लागि प्रशिक्षक सञ्जित सिंहको नेतृत्वमा २३ सदस्यीय टोली गत भदौ २९ गते श्रीलंका पुगेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *