साफ यू-१७ च्याम्पियनसिप: भोलि नेपाल र बङ्गलादेशबीच खेल हुने
थानकोट ।
श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिपअन्तर्गत भोलि बिहीबार नेपाल र बङ्गलादेशबीच खेल हुने तालिका रहेको छ ।
खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो ।
यो खेल बराबरीमै सकिएपनि नेपाल दोश्रो चरणमा प्रवेश गर्नेछ ।
समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।
प्रतियोगिता यही असोज ११ गतेसम्म चल्नेछ ।














