अस्थायी र करारका शिक्षकको पद तत्काल खारेज नहुने
थानकोट ।
अस्थायी र करारका शिक्षकको पद तत्काल नहट्ने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै जिल्लालाई परिपत्र गर्दै कतिपय स्थानीय तह र विद्यालयमा अस्थायी तथा करारका शिक्षकबाट काम चलाउनु परेको भन्दै शिक्षकको हकमा आकर्षित नहुने जनाएको छ ।
केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, “अर्थ मन्त्रालयको २०८२/०६/०७ को अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा भएको प्रेस विज्ञप्ति बुँदा नम्बर ग (५) को संगठन संरचना सुधारअन्तर्गतको बुँदा (ज)मा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने उल्लेख भएकोमा कतिपय स्थानीय तह र विद्यालयबाट करार शिक्षकको सन्दर्भमा के हुने भन्ने सोधनी भइरहेकाले शिक्षकको हकमा लागु नहुने व्यहोरा अनुरोध छ ।” 













