एशिया कप क्रिकेटको फाइनलमा आज भारत र पाकिस्तानबीच खेल हुँदै

Thankot Times

थानकोट ।

एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र पाकिस्तान खेल्दैछन् ।

यो खेल नेपाली समयानुसार दुबईमा बेलुकी सवा आठ बजे शुरू हुनेछ ।

भारत सुपर-४ को शीर्ष स्थानमा र पाकिस्तान दोश्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दुईपटक खेल भएको छ ।

दुवै खेलमा भारत विजयी भएको छ ।

भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्न लागेका हुन् ।

एशिया कपमा यसअघि भारत र पाकिस्तान खेलेका थिएनन् ।

भारतले आठ पटक एशिया कपको उपाधि जितेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *