नेपाली क्रिकेट टोलीलाई प्रचण्डको बधाई
थानकोट ।
नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युनिटी कप सिरिजमा विजयी सुरुवात गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
प्रचण्डले यूएईमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको राष्ट्रिय टोलीलाई बधाई दिँदै नेपाली युवाशक्ति हरेक चुनौतीको सामना गर्न सक्षम रहेको टिप्पणी गरे ।
उनले भने, ‘यो सफलताले नेपाली युवाशक्ति उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पबाट हरेक चुनौती सामना गर्न सक्षम छ भन्ने पुष्टि गरेको छ ।’ उनले आगामी खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई गौरवान्तित पार्ने विश्वास लिएको बताए ।
दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीच यूएईमा युनिटी कप टी– २० सिरिज हिजो रातिदेखि सुरु भएको छ । पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ ।














