नैकापका प्रियान्ससहितका दिवंगत स्कुले खेलाडीको सम्झनामा एन्फामा श्रद्धाञ्जली सभा

Thankot Times

थानकोट ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी टेकरमा एन्फाले श्री वत्सलादेवीमा सञ्चालन गरिरहेको प्रशिक्षण केन्द्र (एकेडेमी) मा गत वर्ष असोज १२ गते पहिरो जाँदा दिवंगत भएका विद्यार्थीहरू आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बाँनिया, अनुपम घलान र साईमन योञ्जनको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

आइतबार सो घटना भएको १ वर्ष पुगेको छ ।

सिस्नेरीमा पहिरोमा परेसँगै अधुरो रह्यो नैकापका १२ वर्षीय प्रियान्सको फुटबलर बन्ने सपना

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाका पदाधिकारीहरू, खेलाडीहरू लगायतको उपस्थितिमा आइतबार सो कार्यक्रम भएको हो ।

आचार्य चन्द्रागिरि नगर पालिका वडा नं १३ (साबिक थानेटार ८) निवासी हुन् ।

अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलिँदा सुरक्षित स्थानतर्फ जाने क्रममा ती विद्यार्थी पहिरोमा परेका थिए।

एन्फाले २०८० बाट सिस्नेरीस्थित श्री वत्सलादेवी हाई सेकेन्डरी इन्जिनियरिङ स्कुलसँग सहकार्य गर्दै ३७ जना विद्यार्थीलाई एकेडेमीमा राखेको थियो।

पहिरोमा पुरिएका नैकापका प्रियान्ससहित ६ खेलाडीका परिवारलाई एन्फाले ८ लाख रुपैयाँ दिने


Leave a Reply

Your email address will not be published. Required fields are marked *