यूनिटी कपः नेपाल र वेस्ट इन्डिजबीचको अन्तिम टी-२० खेल आज
थानकोट ।
नेपाल र वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत आज मंगलबार अन्तिम खेल हुँदै छ ।
यूएईको शारजाहस्थित शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।
दुवै खेलमा जित निकाल्दै नेपालले शृंखला आफ्नो नाममा गरिसकेको छ ।
आजको खेल पनि जितेमा नेपालले शृंखला क्लिन स्वीप नै गर्नेछ ।
अधिकांश युवा खेलाडीले भरिएको वेस्ट इन्डिजको कम अनुभवी टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।
नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेल समावेश भएका द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन् ।
आज क्लिनस्वीप गर्न सकेमा आफैंमा नेपालका लागि कीर्तिमानी जित हुनेछ ।














