भियतनामविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती-११ सार्वजनिक

Thankot Times

थानकोट ।

एफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती–११ सार्वजनिक भएको छ ।

बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा आफ्नो सुरुआती–११ सार्वजनिक गरेका हुन् ।

नेपालले आज छनोटको तेस्रो चरणमा भियतनामसँग पहिलो लेग खेल्दै छ । खेल भियतनामको बिङडोङ रंगशालामा नेपाली समयअनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘एफ’ मा रहेको नेपाल तालिकामा अंकविहीन छ । यसअघि नेपालले लाओस र मलेसियासँग पहिलो लेग खेल्दा क्रमशः २–१ र २–० ले पराजित भएको थियो । यसपछि नेपालले दोस्रो लेग भियतनामै अक्टोबर १४ मा खेल्नेछ ।

समूहको शीर्ष टोलीले सन् २०२६ मा साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन कपमा स्थान बनाउने छ ।

यस्तो छ नेपालको सुरुआती–११ 
सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जिलेस्पी जंग कार्की, एरिक विष्ट, रोहन कार्की, लाकेन लिम्बू, किरणकुमार लिम्बु (चेम्जोङ), आयुष घलान, मनीष डांगी, रोहित चन्द

तस्बिर: फाइल


Leave a Reply

Your email address will not be published. Required fields are marked *