टी-२० विश्वकप छनोट : आज जापानसँग भिड्दै नेपाल
थानकोट ।
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल आज आफ्नो दोस्रो खेलमा जापानसँग भिड्दैछ ।
शुक्रबार दिउँसो सवा ४ बजे सुरु हुने यस खेलले समूह २ को विजेता र उपविजेताको टुंगो लगाउनेछ ।
दुवै टोलीले यसअघि कुवेतलाई पराजित गर्दै सुपर-सिक्समा स्थान सुरक्षित गरिसकेका छन् ।
नेपालले बुधबार कुवेतलाई ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आइसिसी टी-२० विश्वकप २०२६ मा एसिया छनोटबाट तीन टोलीले स्थान बनाउनेछन् ।
सुपर-सिक्सपछि नेपाललाई विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नुपर्नेछ ।














