त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक, नैकापमा भएको जग्गाका विषयमा यसो भनियो

Thankot Times

थानकोट ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

मन्त्रालयले समितिले सरकारलाई पेस गरेको प्रतिवेदन आइतबार (असोज २६) सार्वजनिक भएको हो ।

०८१ जेठमा तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति गठन गरेको थियो । समितिले ०८१ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । तर, सार्वजनिक भएको थिएन ।

प्रतिवेदन पढ्न यो लिंकमा क्लिक गराैं

यही असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट प्रतिवेदन सार्वजनिक र कार्यान्वयनको जिम्मेवारी दिइएपछि मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको हो ।

समितिले त्रिविको झन्डै एक हजार रोपनी जग्गा हिनामिना भएको निष्कर्ष निकालेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *