चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाअध्यक्ष घनश्याम लुइँटेल, रिब्सका संस्थापक डीबी गुरुङ लगायतले सो प्रतियोगिताका विजयीहरुका लागि पुरस्कार वितरण गरेकाे रिब्स माविका निर्देशक मिलन गुरुङले जानकारी दिए ।
पाँचौं इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप रिब्स माविमा सम्पन्न
थानकोट ।
नेपाल रोल बल संघको आयोजनामा पाँचौं इन्टर स्कुल रोल बल एण्ड स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ सम्पन्न भएको छ।
दुईदिने प्रतियोगिता चन्द्रागिरि-०५ स्थित रिब्स आयोजना गरिएको हो ।
पाँचौँ इन्टर स्कुल स्केटिङ्ग रेस च्याम्पियनसीपमा ६ वर्षमा छात्र उमेर समुहमा रुपीज स्कुलका मान्या राठी र छात्रामा श्री शिव नरसिहं शिक्षालयका अद्वैत एम.खरेल प्रथम भए।
यसबाहेक विभिन्न उमेर अनुसारकाे छात्रछात्रालाई विजेता घोषित गरिएकाे थियाे।
स्केटिङ्ग रेस अन्तर्गत २ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल च्याम्पियन भयो । दोस्रो स्थानमा श्री शिव नरसिहं शिक्षालय (२ स्वर्ण, ३ रजत र २ कास्य पदक) र तेस्रो स्थानमा रिब्स स्कुल (२ स्वर्ण, १ रजत र १ कास्य पदक) रहे।
यसैगरी पाँचौँ इन्टर स्कुल रोल बल च्याम्पियनसीपमा छात्रातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुल र छात्र तर्फ ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल विजयी भए । शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा छात्रातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलले क्यापिटल सिटी एकेडेमीलाई ३ – १ गोल अन्तरले हराउँदै उपाधी जित्न सफल भयो ।
स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलको जितका लागि अनुप्रिया तण्डुकारले २ गोल तथा नमिसा श्रेष्ठले १ गोल गरेका थिए।
उक्त खेलमा स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार प्लेयर अफ द म्याच चुनिए। छात्र तर्फको फाइनल खेलमा ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलले चेल्सी वल्र्ड स्कुललाई २- १ गोल अन्तरले हराउदै उपाधी जित्न सफल भएको थियो।
ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलको जितका लागी सुमित ठाकुरले २ गोल गरेका थिए भने चेल्सी वल्र्ड स्कुलको एक मात्र गोल आर्यस लामाले गरे। ट्रिटनका सुमित ठाकुर प्लेयर अफ द म्याच चुनिए।
प्रतियोगितामा छात्रातर्फ स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका आरोही गुरुङ उत्कृष्ट गोलरक्षक भए ।
सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट खेलाडि स्वस्तिश्री गुरुकुल आइ बी वल्र्ड स्कुलका अनुप्रिया तण्डुकार घोषित भए र छात्र तर्फ उत्कृष्ट गोलरक्षक ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुसन क्षेत्री, सर्वाधिक गोलकर्ता ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका सुमित ठाकुर तथा उत्कृष्ट खेलाडि ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुलका आरभ तण्डुकार घोषित भए।
छैठौँ नेशनल रोल बल लिग २०२५ अन्तर्गत दुवै महिला तथा पुरुष विधामा स्केटिङ्गहब विजयी भएका छन्।
महिलातर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई १-० को सामान्य अन्तरले हरायो। स्केटिङ्गहबका लागि एक मात्र गोल कप्तान योगिना श्रेष्ठले गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक आशिया तामाङ प्लेयर अफ द म्याच चुनिए।
पुरुषतर्फको खेलमा स्केटिङ्गहबले फिटवेल लाई ५-० को फराकिलो अन्तरले हरायो। स्केटिङ्गहबका लागि सौहार्द श्रेष्ठ र इमोन यादबले दुई-दुई गोल र उज्वल महर्जनले एक गोल गरेका थिए भने स्केटिङ्गहबका गोलरक्षक अभिषेक मानन्धर प्लेयर अफ द म्याच चुनिए। प्रतियोगितामा महिला तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका आशिया तामाङ, सर्वाधिक गोलकर्ता फिटवेल श्रिजना भण्डारी तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका योगिना श्रेष्ठ घोषित भए र पुरुष तर्फ उत्कृष्ट गोलरक्षक स्केटिङ्गहबका अभिषेक मानन्धर, सर्वाधिक गोलकर्ता स्केटिङ्गहबका इमोन यादब तथा उत्कृष्ट खेलाडि स्केटिङ्गहबका सौहार्द श्रेष्ठ घोषित भए।












