नेपाल एशियन कप फुटबलबाट बाहिरियो, भियतनामसँग १ गोलले पराजित

Thankot Times

थानकोट ।

आउँदो वर्ष साउदी अरबमा आयोजना हुने एएफसी एशियन कपमा छनोट हुन नेपाल असफल भएको छ ।

भियतनाको थोङ न्हाट खेल मैदानमा गएराति भएको तेस्रो चरणको आफ्नो चौँथो खेलमा भियतनामसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

नेपालका सुमन श्रेष्ठले पहिलो हाफको पाँचौ मिनेटमा गरेको आत्मघाती गोल नै भियतनामका लागि निर्णायक बन्यो । नेपाल भियतनामसँग पराजित भएसँगै दुई खेलअगावै छनोटबाट बाहिरिएको छ ।

यसअघि भियतनामसँग नेपाल ३–१ ले पराजित भएको थियो । त्यस्तै मलेसियासँग २–० ले र लाओससँग २–१ ले पराजित भएको थियो । नेपाल अङ्कविहीन हुँदै अङ्क तालिकाको अन्तिम स्थानमा छ । अब नेपालले मलेसिया र लाओससँग होम म्याच खेल्न बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *