नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले टिम नेपाललाई बधाई दिँदै खेलाडीहरूको अथक परिश्रम, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टि –२० विश्वकप प्रतियोगिताको लागि छनोट भएकोमा हार्दिक बधाई। यसमा खेलाडी तथा सम्पूर्ण टिमको अथक मेहनतको सह्राहना गर्दछु। विश्वकपमा उम्दा प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु।’

नेपालले ओमानको मस्कटमा भइरहेको एसिया इस्ट एसिया प्यासिफिक छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै २ खेल अगावै विश्वकपका लागि स्थान पक्का गरेको हो।

यो सँगै नेपालले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टि–२० विश्वकपमा तेस्रो पटक भाग लिने भएको छ।

नेपालले यसअघि २०१४ र २०२४ मा विश्वकप खेलेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *