एएफसी यू-१७ एसियन कप छनोट : नेपाल र तुर्किमेनिस्तानबीचकाे खेल बराबरीमा
थानकोट ।
एएफसी अन्डर सेभेन्टिन एसियन कप छनोटमा नेपालले तुर्किमेनिस्तानसँग गोलरहित बराबरी खेलेको छ।
थाइल्यान्डको चेनबुरी रंगशालामा भएको खेलमा नेपाल बराबरीमा रोकिएको हो।
प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो हाफमा रणनीतिक परिवर्तन गरेको भए पनि नेपालले गोलको अवसर सदुपयोग गर्न सकेन । नेपाल एसियन कप छनोटको लक्ष्यसहित थाइल्यान्ड गएको थियो। तर तुलनात्मक कमजोर टोली तुर्किमेनिस्तानसँग नै बराबरीमा रोकिएको हो।
छनोटको पहिलो खेलमा आयोजक थाइल्यान्डले तुर्किमेनिस्तानलाई १७-० ले हराएको थियो। अब नेपालले दोस्रो खेलमा यही शुक्रबार थाइल्यान्डसँग खेल्नेछ।
समूहबाट एक टोली मात्रै एसियन कपमा छनोट हुने भएको कारण नेपालले अर्को खेलमा थाइल्यान्डलाई फराकिलो अन्तरले हराउनु पर्नेछ।














