नेपाल किशोरी फुटलल टोली १२-० गोल अन्तरले पराजित

Thankot Times

थानकोट ।

नेपाल एएफसी महिला यू–१७ एसियन कपको छनोट चरणबाट बाहिरिएको छ ।

थाइल्यान्डको चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्यान्डसँग १२–० गोलअन्तरले नेपाल पराजित भएको हो ।

यो जितसँगै थाइल्यान्डले दुई खेलमा ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेर आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान बनाएको छ ।

खेलको पहिलो हाफमा आठ गोल गरेको थाइल्यान्डले खेलको दोस्रो हाफमा चार गोल थपेको हो ।

त्यस्तै, थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७–० को फराकिलो जित हासिल गरेको थियो ।

यता, नेपाल भने पहिलो खेलमा तुर्किमिनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *