महिला राष्ट्रिय फुटबल टोलीको बिदाइ

Thankot Times

थानकोट।

इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै टोलीको बिदाइ गरेको हो ।

नेपालले कार्तिक ७ गते इरानसँग र कार्तिक १० गते भारतसँग खेल्नेछ ।

आज (कार्तिक ४ गते ) भारत र इरान बेलुका ६ बजे खेल्दै छन् ।

सबै खेल जवाहरलाल नेहरु रंगशाला शिलोङमा हुँदै छ ।

तस्बिरः एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *