त्रिदेशीय फुटबल: नेपालको पहिलो जित, घरेलु मैदानमा भारत २-१ ले स्तब्ध

Thankot Times

थानकोट ।

भारतमा जारी ट्राई–नेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले घरेलु टोली भारतमाथि शानदार जित हात पारेको छ।

भारतको शिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले २–१ गोल अन्तरले भारतलाई पराजित गरेको हो।

नेपालका लागि कप्तान सावित्रा भण्डारी ९साम्बा० निर्णायक नायिका बनिन्।

उनले खेलको दोस्रो र ६३औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन्।

भारतले खेलको ८१औँ मिनेटमा एक गोल फर्कायो ।

तस्बिर: एन्फा


Leave a Reply

Your email address will not be published. Required fields are marked *