७ पटकको च्याम्पियन अष्ट्रेलियाको चुनाैती पन्छाउँदै भारत महिला विश्वकपको फाइनलमा

Thankot Times

थानकोट ।

घरेलु टोली भारत महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति अष्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

भारतको जितमा जेमिमा रोड्रिगेजले १२७ रनको अविजित इनिङ खेलिन्।

भारतकी कप्तान हरमनप्रीत कौरले पनि ८९ रनको उत्कृष्ट पारी खेलिन्।

यसअघि अष्ट्रेलियाली टोली ४९.५ ओभरमा ३३८ रन बनाएर अलआउट भएकी थिई।

अष्ट्रेलियाका लागि फिबी लिचफिल्डले ९३ बलमा ११९ रनको शानदार पारी खेलिन्।

लिचफिल्डको पारीमा तीन छक्का र १७ चौका सामेल थिए। भारतका लागि श्री चरणी र दीप्ति शर्माले दुई–दुई विकेट लिए।

बुधबार खेलेको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका पहिले नै फाइनलमा पुगेको छ।

दक्षिण अफ्रिका पहिलोपटक प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *