त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने प्रारम्भिक राष्ट्रिय महिला टोली घोषणा

Thankot Times

थानकोट ।

इन्डोनेसिया र चाइनिज ताइपेइ सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक राष्ट्रिय टोली घोषणा भएको छ ।

बुधबार (कात्तिक १९) नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले मैत्रीपूर्ण फुटबलको निम्ति २७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार, उक्त टोलीमा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ र लीला जोशी छन् । त्यसैगरी, हिराकुमारी भुजेल, सजनी ठोकर, समिक्षा घिमिरे, निशा ठोकर, पूजा राना, बिमला विक, प्रतिक्षा चौधरी, रेनुका नगरकोटे, पूर्णिमा राई, प्रीती राई, सरु लिम्बु, दिपा साही, सविता रानामगर, अनिता बस्नेत, मीना देउवा, सावित्रा भण्डारी, विर्सना चौधरी, रेखा पौडेल, नेहाकुमारी भण्डारी, सरस्वती हमाल, मनमाया दमाई र अनिता लम्जाल छन् ।

मैत्रीपूर्ण फुटबल आगामी नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म  इन्डोनेसियामा हुनेछ ।

नेपालले गत महिना भारत, इरान र नेपाल सम्मिलित त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *