नेपाल र बङ्गलादेशको मैत्रीपूर्ण फुटबलमा २-२ को बराबरी

Thankot Times

थानकोट ।

नेपाल र बङ्गलादेशबीच ढाकामा बिहीबार साँझ भएको मैत्रीपूर्ण फुटबल खेल २–२ को बराबरीमा सकिएको छ ।

नेपालका रोहित चन्द र अनन्त तामाङले समान एक गोल गरे भने बङ्गलादेशका दुवै गोल हम्जा चौधरीले गरे ।

नेपालले बङ्गलादेशसँग गएको भदौमा काठमाण्डौमा मैत्रिपूर्ण खेल खेलेको थियो । त्यो खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो खेल भने जेन–जी प्रदर्शनको कारण हुन सकेको थिएन ।

अब नेपालले एएफसी एशियन कप छनोटअन्तर्गत आउँदो मंसिर २ गते मङ्गलवार मलेसियासँग खेल्नेछ ।

तस्बिर: एन्फा 


Leave a Reply

Your email address will not be published. Required fields are marked *