चन्द्रागिरिमा आज अन्तरविद्यालय खुल्ला लोक नृत्य प्रतियोगिता हुँदै, ३२ विद्यालयले प्रतिस्पर्धा गर्ने
थानकोट ।
स्कुले विद्यार्थीहरूको प्रतिभा प्रष्फुटन गर्ने ध्येयका साथ चन्द्रागिरि नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूबीच आज खुल्ला लोक नृत्य प्रतियोगिता सञ्चालन हुँदैछ ।
थानकोटस्थित मंगलोदय माविमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न ३२ विद्यालयले सहभागिता जनाउने चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
प्रतियोगितामा एक विद्यालयबाट एक टोलीले सहभागिता जनाउने चन्द्रागिरि नगर शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टले जानकारी दिए ।
एक समुहमा ८ देखी १२ जनासम्म विद्यार्थीहरू सहभागी हुन पाउने यस प्रतियोगितामा बढीमा पाँच मिनेटसम्मको नृत्य प्रस्तुत गर्न पाउने बताइएको छ ।
प्रतियोगिताम प्रथम हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
फाइल फोटो













