चन्द्रागिरि नगरमा मंसिर १९ बाट राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता, चार खेल समावेश हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा मंसिर १९ गतेबाट राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।
चन्द्रागिरि नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको कार्तिक २० गते बसेको बैठकको निर्णनुसार आगामी मंसिर १९ गते सो प्रतियोगिता सञ्चालन गर्न तयारी भएको हो ।
प्रतियोगिताका लागि नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत १८ वर्षभन्दा मुनिका विद्यार्थीहरू सहभागी हुन सक्ने चन्द्रागिरि नगर शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।
जसका लागि खेलाडी सहभागी गराउन इच्छुक विद्यालयहरूले अनलाइनमा नाम दर्ता गराउन अनुरोध गरेको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट्सका विधामा प्रतिस्पर्धा गराइने बताइएको छ ।
सूचना हेराैं














