सिन्धुलीबाट शैक्षिक भ्रमणका लागि चितवन पुगेकी विद्यार्थीको होटलबाट खसेर मृत्यु

Thankot Times

थानकोट ।

चितवनको रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बकुहर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार उनी सिन्धुली गुरुकुल कलेजबाट अध्ययन भ्रमणमा चितवन आएकी हुन् ।

उनी सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्थायी बासिन्दा भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *