काठमाडाैंको धोबीखोलामा साइकलसहित मृत फेला परे एक जना पुरुष
थानकोट ।
काठमाडौँको रुद्रमति (धोबीखोला) पुलनजिक साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बिहीबार बिहान करिब ६:५० बजेको समयमा काठमाडौँ महानगरपालिका-२९ मा शव फेला परेको हो।
मृतकको पहिचान काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका-१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरीका रूपमा भएको छ। मृतककी श्रीमतीले गिरीको सनाखत गरेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा प्रहरी टोली खटिएको र लास जाँच मुचुल्काको कार्य भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानको कार्य अगाडि बढाइएको छ।
मृत्युको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।












