बल्खुमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

बल्खुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ग.२ख २०३९ नम्बरको ट्रकले बा.प्र. ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको वयोदा अस्पताल बल्खुमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “आज (बुधबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार न्यौपाने गम्भीर घाइते हुनुभएको थियो । उहाँको आज उपचारका क्रममा मृत्यु भएको हो ।”

यसैगरी उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको वयोदा अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ