टेकुमा इभी गाडीसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालक दीपकले ज्यान गुमाए
थानकोट ।
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा बागमती प्रदेश ०१–००१ य १७४३ नम्बरको इभी गाडी र बा ९१ प ७५६४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको बेथानचोक गाउँपालिका–२ का ३० वर्षीय दीपक बजगाईं रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
















