चुनावी खर्च नबुझाउनेको सूचीमा परेपछि रास्वपाका उम्मेदवार प्रदिप विष्टको आपत्ति

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडाैं जिल्ला संयोजक एवं २०७९मंसिर ४ को निर्वाचनका काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवार प्रदिप विष्टले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च र जरिवाना शुल्क बुझाएको बताएका छन् ।

तर, पनि आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै विष्टले आपत्ति जनाएका हुन् ।

२०७९ मंसिर १३ गते नै निर्वाचन आयोगमा खर्च विवरण बुझाएको र २०८० बैशाख २३ गते सामाजिक सञ्जालबाट खर्च विवरण सार्वजनिक गरिसकेको विष्टको भनाइ छ । यस्तै समयमा नै विवरण अद्यावधिक नगरेको भन्दै आयोगले निर्धारण गरेको जरिवाना (१५ हजार रुपैयाँ) २०८० भदाै ११ मा राष्ट्रिय वाणिज्य बैंकको बानेश्वर शाखामा बुझाइसकेको बताउँदै उनले किन आयोगले जरिवाना तिर्नुपर्नेको सूचीमा आफ्नो नाम निकाल्यो भन्दै प्रश्न गरेका छन् ।

आयोगले २०७९को चुनावका उम्मेदवारहरू मध्ये खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा विष्टको पनि नाम समावेश गरेको छ ।

सो निर्वाचनमा विष्टले तेश्रो स्थानमा चित्त बुझाउन परे पनि अन्य उम्मेदवारहरूलाई अन्तिम समयसम्म नै टक्कर दिएका थिए । विष्टले ८७३६ मत पाउँदा पहिलो भएको दल नेपाली काँग्रेसका राजेन्द्रकुमार केसीले १४४५८ मत तथा दोश्रो स्थानमा चित्त बुझाएको नेकपा एमालेका उम्मेदवार हिमेश केसीले ११७८६ मत पाएका थिए । 

हिजो मंगलबार (पुस १५) विभिन्न सञ्चार माध्यमहरूले २०७९ सालको चुनावमा चुनावी खर्च विवरण नबुझाएका उम्मेदवारहरूको सूची भन्दै निर्वाचन आयोगले २०८० बैशाख ४ गते सार्वजनिक सूची सार्वजनिक गरेपछि उक्त चुनावका उम्मेदवारहरूले आयोगप्रति प्रश्न गरिरहेका छन् । सो सूचीमा देशभरका १०४३ जना उम्मेदवारको नाम उल्लेख छ । 

यस्तो छ रास्वपाका उम्मेदवार प्रदिप विष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको निर्वाचन खर्च विवरणः

यो पनि पढ्नुहोस्

काठमाडाैं क्षेत्र नं. १० का रास्वपा उम्मेदवार विष्टको चुनावी खर्च १ लाख ४४ हजार


Leave a Reply

Your email address will not be published. Required fields are marked *