काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको सुमो भीमफेदीमा दुर्घटना, ६ जना यात्रुको मृत्यु

Thankot Times

थानकोट ।

मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खस्दा गम्भीर घाइते भएकाहरूमध्ये ६ जनाको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु भएका ६ जनाकै हालसम्म सनाखत हुन सकेको छैन्। मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सुमोमा कुल ९ जना सवार थिए। दुर्घटनामा परी घाइते भएका अन्य ३ जनाको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ।

मृतक र घाइतेहरू काठमाडौंबाट हेटौंडा जाँदै गर्दा जुरिखेतको ओरालोमा दुर्घटनामा परेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ