प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. १० मा प्रदिप विष्ट सिफारिस

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडाैं जिल्ला सभापति प्रदिप विष्ट आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सो पार्टीका तर्फबाट काठमाडाैं क्षेत्र नं. १० मा उम्मेदवार सिफारिस भएका छन् ।

रास्वपा काठमाडाैं क्षेत्र नं. १० समितिको बैठकले कीर्तिपुरका विष्टलाई सो चुनावका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

विष्ट २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा यहि क्षेत्रमा उम्मेदवार बनेका थिए । उक्त चुनावमा विष्टले ८ हजार ७ सय ३९ मत ल्याउँदै तेस्रो भएका थिए ।

विष्ट रास्वपाको स्थापनाकाल देखि नै काठमाडाैं जिल्ला सभापतिको जिम्मेवारीमा छन् ।

चन्द्रागिरि नगरका १० वटा वडा, कीर्तिपुर र दक्षिणकाली नगरका सबै इलाका समावेश रहेको यस क्षेत्रमा फागुन २१ गते हुने चुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारहरू सिफारिस गरिसकेका छन् ।

चन्द्रागिरिका श्रेष्ठ द्वयसहित काठमाडाैं १० मा नेकपा एमालेबाट ११ जना सिफारिस

काठमाडाैं क्षेत्र नंं १० मा कांग्रेसबाट योगेन्द्र कुँवरसहित ६ जनाको दाबेदारी, मंगलबार नाम टुंगो लाग्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *