काठमाडौंमा अहिले बिहान झनै चिसो
थानकोट ।
पछिल्लो समय दिनहुँजसो तापक्रम घट्दो क्रममा छ ।
चिसो बढ्दो छ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार (पुस २५) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्ष आजसम्मको मापनमा यो कम तापक्रम हो ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार (पुस २४), बुधबार (पुस २३) र मंगलबार (पुस २२) पनि समान ३ डिग्री नै थियो । काठमाडौंको न्यूनतम तापक्रम सोमबार (पुस २१) ३.५, आइतबार (पुस २०) ४ डिग्री थियो ।
















