प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. ९ मा डीपी अर्याल सिफारिस

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्याल (डीपी) आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सो पार्टीका तर्फबाट काठमाडाैं क्षेत्र नं. ९ मा उम्मेदवार सिफारिस भएका छन् ।

रास्वपा काठमाडाैं क्षेत्र नं. ९ समितिको बैठकले अर्याललाई सो चुनावका लागि एकल सिफारिस गर्ने निर्णय गरेको रास्वपा स्रोतले जानकारी दियो ।

यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरि नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्।

२०७९ सालमा सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुँदा रास्वपाका टेकबहादुर पोखरेल दोश्रो, तत्कालीन गठबन्धनकी उम्मेदवार कल्पना धमला तेस्रो, राप्रपाका देवेन्द्र प्रधान चाैथो स्थानमा थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. १० मा प्रदिप विष्ट सिफारिस

प्रतिनिधि सभा सदस्य निर्वाचनः रास्वपाबाट काठमाडाैं क्षेत्र नं. १० मा प्रदिप विष्ट सिफारिस


Leave a Reply

Your email address will not be published. Required fields are marked *