ईन्द्रसरोवर गाउँपालिकाका १ हजार २ सय ९८ जनालाई न्यानो कपडा वितरण

Thankot Times

थानकोट ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बृद्धबृद्धाहरुलाई वडा/वडामा पुगेर न्यानो कपडा उपलब्ध गराएको छ।

उनीहरुको निशुल्क स्वास्थ्य परीक्षण सँगै औषधि वितरण गरेको छ। पालिकाले पुस २४ देखि ३० गतेसम्म १ हजार २ सय ९८ जना जेष्ठ नागरिकलाई वडाको पायक पर्ने स्थानमा जम्मा गरेर व्ल्यांकेटसहित न्यानो कपडा वितरण गर्नुका साथै स्वास्थ्य परीक्षण गरेको हो।

ईन्द्रसरोवर—२ का २ सय ७७ जना बृद्धबृद्धा, अपांगता भएका र एकल महिलालाई न्यानो कपडाहरु वितरण गरिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले बताए। उनीहरुको स्वास्थ्य परीक्षण गरेर निशुल्क रुपमा औषधि समेत उपलब्ध गराएको उनले बताए। वडा—१ को मार्खुस्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा २ सय ४६ जना, वडा–३ का ७ सय ७५ गरी १२ सय ९८ जनालाई न्यानो कपडा र निशुल्क स्वास्थ्य परीक्षणसहित औषधि वितरण गरिएको उनले बताए।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत जाडो महिनामा बृद्धबृद्धाहरुलाई न्यानो उपलब्ध गराउन कपडा र ब्याङ्केट उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताए।

पाँच वडामा विभाजित यो पालिकाले बुधबारसम्म बृद्धबृद्धा, अपांगत भएका र एकल महिला गरी १ हजार २ सय ९८ जनााई न्यानो कपडा उपलब्ध गराएको अध्यक्ष पुडासैनीले बताए।

गाउँपालिकाले टेन्डर गरेर १८ लाख रुपैयाँको न्यानो कपडा, वट खरिद गरेको उनले बताए । भूगोल र जनसंख्याको हिसाबले जिल्लाकै सानो रहेको यो पालिकामा अन्यको तुलनामा चिसो बढी हुने गर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *