प्रतिनिधि सभा सदस्य निर्वाचनः रोशन दानीलाई जनमोर्चाले दियो काठमाडाैं ९ बाट टिकट
थानकोट ।
राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट दिएको छ।
पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाइएको हो।
दानी गत स्थानीय तह निर्वाचन चन्द्रागिरि नगरपालिका उपप्रमुखमा गठबन्धनका तर्पफबाट उम्मेदवार बनेका थिए ।
















