टाैखेलमा अटोसहित दुई जना युवा पक्राउ, यस्तो छ पक्राउ पर्नुको कारण

Thankot Times

थानकोट ।

मकवानपुरको थाहा नगरपालिका–१० टौखेलमा चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माघ ६ गते मंगलबार अपरान्ह करिब १६:५० बजे टौखेलबाट मार्खुतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह १५०७ नम्बरको अटोले लागूऔषध ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

इप्रका पालुङ र चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटो चेकजाँच गर्ने क्रममा १२ वटा रबरका डिब्बाभित्र लुकाइछिपाइ ल्याइएको चरेस जस्तो देखिने पदार्थ अन्दाजी १२१.४६ केजी बरामद गरेको हो।

सो कार्यमा संलग्न अटोका चालक थाहा नगरपालिका–४ रुप्से निवासी अन्दाजी २९ वर्षीय घनश्याम बल तामाङ र कैलाश गाउँपालिका–५ निवासी अन्दाजी २१ वर्षीय सानुकान्छा थिङलाई अटोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका दुवै जनालाई मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *