चोरीको मोटरसाइकलसहित समातिए बुद्ध

Thankot Times

थानकोट ।

ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौंको पिंगलास्थानबाट सोमबार चोरीको मोटरसाइकलसहित काभ्रेको तेमाल गाउँपालिका घर भइ हाल काठमाडौंको बालाजु बस्ने ४१ वर्षीय बुद्धबहादुर सेढाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पिंगलास्थित एक पार्किङबाट बा ६६ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

उक्त मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका ४ बस्ने नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका प्रहरीले जानकारी दिएको छ ।

सेढाईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *