त्रिभुवन पार्क स्तरोन्नतिका लागि झण्डै ४ करोड रुपैयाँ लगानी हुँदै, खुल्यो टेण्डर

Thankot Times

थानकोट ।

थानकोटस्थित शहिद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) को स्तरोन्नति कार्यका लागि सार्वजनिक ठेक्का आह्वान भएको छ ।

चन्द्रागिरि नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सो पार्कको स्तरोन्नतिका लागि ३ करोड ८९ लाख रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको हो ।

नेपाल सरकारको समपुरक बजेट कार्यक्रम अन्तर्गत पार्कको स्तरोन्नति हुन लागेको बुझिएको छ ।

समपुरक योजना कार्यक्रम सम्बन्धित स्थानीय तह र प्रदेश वा संघ सरकारले निश्चित प्रतिशत हिस्सा लागत साझेदारी गर्ने गरि सञ्चालन हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *