काठमाडाैं क्षेत्र नं. १० मा समानुपातिक मतगणना सकियो, रास्वपाको पोल्टामा ६६% मत
थानकोट ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडाैं क्षेत्र नंं १० मा समानुपातिकतर्फको पनि मतगणना सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फ रास्वपाले भारी मतान्तरसहित जित हात पारेको यस क्षेत्रमा समानुपातिकतर्फ पनि घण्टी चिन्हमा भारी मत परेको छ ।
८३३०१ जना मतदाता भएको यस क्षेत्रमा ६०४४१ जनाले मतदान गरेका थिए ।
निर्वाचन अधिकृतको कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार यस क्षेत्रमा समानुपातिकतर्फ खसेको कुल सदर मत ५९२१४ मध्ये रास्वपाले ३९१२८ मत पाएको हो ।
नेपाली काँग्रेसले ६७७४ मत पाउँदा नेकपा एमालेले ४५१२ मत पाएको छ ।
राप्रपाले २८०७ मत पाउँदा नेकपाले २३३९ मत पाएको छ ।
यस क्षेत्रमा बाँसुरी चिन्हको राष्ट्रिय परिवर्तन पार्टीमा १४७१ मत खसेको छ ।
श्रम संस्कृति पार्टीले ७७६ मत पाउँदा नेमकिपाले ४९१ मत प्राप्त गरेको छ ।
काठमाडाैं क्षेत्र नंं १० मा चन्द्रागिरि नगरका २ देखी ११ सम्मका १० वटा वडासहित कीर्तपुर र दक्षिणकाली नगरका सबै क्षेत्र पर्दछन् ।
काठमाडाैं क्षेत्र नंं १० का २९ वटै वडामा रास्वपा पहिलो, ६ जना उमेदवारले १० भोट पनि ल्याएनन्















