सभामुख र उपसभामुखबीच शिष्टाचार भेट
थानकोट।
सभामुख डोलप्रसाद (डीपी) अर्याल र उपसभामुख रुबीकुमारी ठाकुरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरूबीच पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट भएको हो ।
भेटमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल भएको सभामुख अर्यालको सचिवालयले जानकारी दिएको छ।













