सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ ।

यसदि सुनको भाउ तोलामा १ सय रुपैयाँले बढेर तीन लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

हिजो बुधबार सुनको भाउ तोलामा तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

आज बिहीबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ ।

यसदिन चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर पाँच हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदी तोलाको पाँच हजार २ सय २० रुपैयाँमा कारोबार भएको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *