मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगर क्षेत्रमा आज स्थानीय सार्वजनिक बिदा
थानकोट ।
मातातिर्थ औंसी आज देशभर जन्म दिने आमाको श्रद्धाभक्ति पूर्वक मनाइँदै छ ।
आमा परलाेक भइसकेका सन्ततिहरु यस दिन चन्द्रागिरि नगरपालिका-०६ महादेवस्थानस्थित मातातिर्थ कुण्डमा पुगि स्नान गरि आमाकाे श्राद्ध गर्ने गर्दछन् ।
मातातिर्थ औंसीका अवसरमा चन्द्रागिरि नगरपालिकाले आज शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।
नगर कार्यपालिका बैठकबाट निर्णय भएअनुसार आज बिदा दिइएको हो, थानकोटस्थित नगर प्राथमिक अस्पताल भने त्तज खुला रहनेछ ।












