प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मी क्लबलाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि  त्रिभुवन आर्मी क्लबले जितेको छ ।

 त्रिभुवन आर्मीले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको छ । 

शुक्रबार वीरगञ्जको नारायणी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो ।

सुदूरपश्चिमले दिएकाे १ सय ६२ रनको लक्ष्य आर्मीले ३३.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । 

आर्मीका लागि इमरान शेखले अविजित ४६ रन बनाए भने बसिर अहमदले ४५ रन बनाए । 

सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिँदा शेर मल्ल, अशोक धामी र विकास आग्रीले १-१ विकेट हात पारे । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । सुदूरका खेलाडीको ब्याटिङ निराशाजनक रह्यो ।

उसका लागि अशोक धामीले सर्वाधिक ४३ रन बनाए । उनले ४६ बलमा ५ चाैकासिहत एक छक्का प्रहार गरे । किरण ठगुन्नाले २५ तथा नारायण जोशीले २९ रन बनाए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *