नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ सम्म
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी निकट जनवर्गीय संगठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका, वडा संगठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ ।
आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ ।
उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।










