नेकपाद्वारा प्रदेश इन्चार्ज र संयोजकको जिम्मेवारी बाँडफाँट, बागमतीमा डा. तुलाधरलाई जिम्मेवारी

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संगठनात्मक संरचनालाई सक्रिय बनाउने उद्देश्यसहित प्रदेशस्तरका इन्चार्ज तथा संयोजकहरूको जिम्मेवारी निर्धारण गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले कार्य विभाजनसम्बन्धी निर्णय गरेको हो।

बैठकको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेश प्रदेशमा महिन्द्र राय यादव, बागमती प्रदेशमा डा. गंगालाल तुलाधर, गण्डकी प्रदेशमा श्रीनाथ बराल, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा चन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा डा. भीम रावल लाई जिम्मेवारी दिइएको छ।

त्यसैगरी उपत्यका विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य र सम्पर्क इन्चार्जमा यशोदा सुवेदी तोकिएको पार्टी स्रोतले जनाएको छ।

पार्टीले प्रदेश संयोजकहरूको जिम्मेवारीसमेत टुंग्याएको छ। कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेशमा राजु खड्का, बागमतीमा सरल सहयात्री, गण्डकीमा गायत्री गुरुङ, लुम्बिनीमा अब्दूल हुसेन खान, सुदूरपश्चिममा हरिराम चौधरी, उपत्यका विशेष क्षेत्रमा विष्णु लामिछाने तथा सम्पर्क संयोजकमा तारानाथ दाहाल लाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश संयोजकको विषयमा भने हालसम्म सहमति जुट्न बाँकी रहेको जानकारी पार्टी स्रोतले दिएको छ।

पार्टीले प्रदेशस्तरमा नेतृत्व जिम्मेवारी बाँडफाँट गरेसँगै संगठन विस्तार, कार्यक्रम सञ्चालन तथा क्षेत्रीय समन्वयलाई थप प्रभावकारी बनाउने तयारी गरेको बुझिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *