सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा तीन लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १ सय रुपैयाँले घटेर चार हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो सोमबार चाँदी तोलामा पाँच हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।










