चन्द्रागिरि नगरको मेलमिलापकर्तामा सूचिकृत हुन चाहनेहरूका लागि सुवर्ण अवसर

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले मेलमिलाप केन्द्रहरूमा रहि मेलमिलाप कार्यमा संलग्न हुन चाहनेहरूका लागि सूचीकृत हुन आह्वान गरेको छ ।

गत सोमबार (बैशाख २१) एक सूचना जारी गर्दै नगरको कानून तथा न्यायिक मामिला शाखाले चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा रहि कार्य गर्न इच्छुक व्यक्तिले ३० दिन भित्र सूचीकृत हुन निवेदन पेश गर्न सक्ने जनाएको हो ।

स्नातक तह उत्तीर्ण गरेका नेपाली नागरिकहरूले नगरको मेलमिलापकर्ताका रूपमा सूचीकृत हुन सक्नेछन् ।

यसअघि मेलमिलापकर्ताका रूपमा कार्य गरिरहेका व्यक्तिहरूले पनि सोहि अवधिभित्र विवरण अद्यावधिक गरिसक्नु पर्ने सो सूचनामा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *