एकदिवसीय अभ्यास शृंखलाः आज नेपाल ‘ए’ ले अमेरिकासँग खेल्दै

Thankot Times

थानकोट ।

नेपालको राष्ट्रिय ‘ए’ क्रिकेट टिमले आज शुक्रबार अमेरिकाको सामना गर्दै छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदान हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुदैछ ।

नेपाल ‘ए’ ले यसअघि बिहीबार खेलेको खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो ।

मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग-२ को तयारीका लागि क्यानले नेपाल ए टिमलाई स्कटल्याण्ड र अमेरिकासँग यी खेल खेलाइरहेको छ ।

नेपाल ‘ए’ ले अर्को खेल मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यो सिरिज खेल्ने नेपाल ‘ए’ टिममा कप्तान अनिल कुमार साहसहित तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुम्रे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन् ।

एकदिवसीय अभ्यास शृंखलाः स्कटल्यान्डविरुद्ध नेपाल ‘ए’ विजयी


Leave a Reply

Your email address will not be published. Required fields are marked *