चन्द्रागिरिका व्यवसायहरूमा कैफियतको चाङ (सूचीसहित)
थानकोट ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल र चन्द्रागिरि नगरपालिकाको संयुक्त सक्रियतामा चन्द्रागिरि नगरका विभिन्न व्यवसायहरूमा गरिएको निरीक्षण अनुगमनमा कैफियतको चाङ भेटिएको छ ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रतिमा श्रेष्ठका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं.१, २, ३, ४ क्षेत्रका विभिन्न व्यवसायहरूमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएको हो ।
निरीक्षणका क्रममा व्यवसायीहरूले गुणस्तर र स्वच्छताका विषयमा गम्भीर लापरबाही गरेको पाइएपछि उनीहरूलाई चेतावनीसहित सेवामा सुधार गर्न निर्देश गरिएको बताइएको छ ।
चन्द्रागिरि नगरमा गरिएको बजार अनुगमतका क्रममा कुन-कुन व्यवसायहरूमा कस्तो अवस्था पाइयो सूची हेराैंः










